
काठमाडौं– माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइको अनिश्चितता अब भने हटेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावट यो आयोजनाबाट आउँदो ८ महिनाभित्र परीक्षण उत्पादन हुने गरी काम भइरहेको छ ।
लामोसाघुँ चरिकोट सडकको अवरोधका कारण आएको ढुवानी समस्या र भारतीय ठेकेदार कम्पनी टेक्समयाकको कार्य सम्पादनमा आएको समस्याले पेनस्टक पाइप जडानमा ढिलाइ हुँदा आयोजनाको सम्पन्न हुने मितिमा देखिएको अनिश्चितता पनि हटेको हो ।, कारोबारमा खबर छ ।