०१ असार २०८३, सोमबार

सोनाक्षी सिन्हाविरुद्ध ठगीको मुद्दा, आयोजकले खाए विष

फागुन १२, २०७५
सोनाक्षी सिन्हाविरुद्ध ठगीको मुद्दा, आयोजकले खाए विष

काठमाडौं — बलिउड अभिनेत्री सोनाक्षी सिन्हा समेत पाँचजनाविरुद्ध ३७ लाख भारु ठगीको मुद्दा दर्ता गरिएको छ । 

एड्भान्स पेमेन्ट लिएर दिल्लीमा शो गर्न नपुगेकाले उनीविरुद्ध धोकाधडीको मुद्दा दर्ता भएको हो । आयोजक प्रमोद शर्माले प्रहरीसमक्ष उजुरी गरे तर आरोपितहरूका विरुद्ध कुनै कारवाही गरेनन् । 

त्यसपछि दुःखी भएर प्रमोदले विष खाएर मर्ने कोशिश गरे । अनुसन्धानपछि सोनाक्षी, ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पञ्जाबी, धूमिल ठक्कर र एडगर सकारियालाई आरोपित बनाइएको छ । 

प्रमोदका अनुसार, उनले दिल्लीमा सेप्टेम्बर ३० मा इन्डिया फेशन एन्ड ब्युटी अवार्ड कार्यक्रम आयोजना गरेका थिए । त्यसमा पुरस्कार बाँड्नका लागि सोनाक्षी आउनुपर्ने थियो । प्रमोदले ट्यालेन्ट फुल अन कम्पनीसँग सम्झौता गरेका थिए । 

सोनाक्षीकी निजी सचिव मालविका पञ्जाबीसँग कुराकानीपछि उनले ३७ लाख भारु रकम उनको खातामा अन्लाइन ट्रान्सफर गरेका थिए तर सोनाक्षीले कार्यक्रममा आउन अस्वीकार गरिन् । 

प्रमोद शर्माले प्रहरीमाथि दबाब दिनका लागि विष खाएको प्रहरीको दाबी छ । सोनाक्षी लगायतमाथि अनुसन्धान जारी छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्