
काठमाडौं - सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयबाहिर नेविसंघ कार्यकर्ताहरूबीच झडप भएको छ ।
भित्र केन्द्रीय समिति बैठक चलिरहेका बेला कार्यालय परिसरबाहिर नेविसंघका कार्यकर्ताहरूबीच कुटाकुट भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिए पनि नाराबाजी भने अझै जारी छ ।
संस्थापन पक्ष निकट विद्यार्थी र कृष्ण सिटौला तथा गगन थापा निकट विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहदको विषयलाई लिएर विवाद बढेको हो ।
आफूहरू भने आजको झडपमा संलग्न नरहेको रामचन्द्र पौडेल निकट एक विद्यार्थी नेताले लोकान्तरलाई बताए ।