१२ असार २०८३, शुक्रबार

पाकिस्तानी पत्रकारको आपत्तिजनक बयान – मोदीलाई हान्छौं टमाटर, फ्याँक्छौं एटम बम (भिडियो)

फागुन १२, २०७५
पाकिस्तानी पत्रकारको आपत्तिजनक बयान – मोदीलाई हान्छौं टमाटर, फ्याँक्छौं एटम बम (भिडियो)

काठमाडौं — सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक पाकिस्तानी पत्रकारको भिडियोमा उनी भारतविरुद्ध आपत्तिजनक बयान दिइरहेका भेटिन्छन् । 

भारतबाट पाकिस्तानतर्फ टमाटर निर्यात बन्द गरिएपछि रिसाएका उनले यस्तो बयान दिएका हुन् । 

भिडियोमा उनले पाकिस्तानसँग एटम बम भएको बताए । यो एटम बम ड्रइङ रूममा सजाउनका लागि नराखिएको उनको भनाइ छ । पाकिस्तानलाई टमाटर आपूर्ति रोकिएको जवाफमा एटम बम प्रयोग गरिने उनको भनाइ छ । 

पाकिस्तान टमाटरविना बाँच्न सक्दैन भन्ने भारतलाई लागेको भए पाकिस्तानले आफैं टमाटर उमार्ने उनको भनाइ छ । 

पत्रकारको नाम कैसर खोखर हो र उनी पाकिस्तानी टीभी च्यानल सिटी४२ का वरिष्ठ पत्रकार हुन् । उनले भिडियोमा भने, ‘हिन्दुस्तानको सवा अर्ब जनसंख्याले पाकिस्तानमाथि टमाटरमा नाकाबन्दी लगाएर नीच हर्कत गरेको छ ।

पाकिस्तानीहरू टमाटरविना बाँच्न सक्दैनन् भन्ने उनीहलाई लागेको होला । यो टमाटर हामी मोदी र राहुलको मुखमा हिर्काउँछौं ।’

पत्रकार यत्तिमा मात्र रोकिँदैनन् र भन्छन्, ‘भारतीयहरू अहिले जसरी जलिरहेका छन्, सडिरहेका छन्, उनीहरूको टमाटर पनि जल्छ । अब टमाटरको जवाफ एटम बमले दिने बेला आएको छ । पाकिस्तानले एटम बम भारतलाई लक्षित गरेर बनाएको हो ।’ 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्