०९ असार २०८३, मंगलबार

अमेरिकामा मालवाहक विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

फागुन १२, २०७५
अमेरिकामा मालवाहक विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

काठमाडौं — अमेरिकाको ह्युस्टनस्थित जर्ज बुश अन्तर्राष्ट्रिय विमानस्थलनजिक बोइङ ७६७ मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै तीनजनाको मृत्यु भएको छ । 

यूएस फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले विमान शनिवार राति विमानस्थल नजिकको एक खाल्डोमा खसेको हो । 

प्रहरीले घटनास्थलबाट मानव शरीरका अवशेष बरामद गरेको छ । अनुसन्धानकर्ताहरूले विमानका टुक्रा फेला पारेका छन् जसमध्ये सबभन्दा ठूलो टुक्रा लगभग ५० फीट लामो छ । 

एट्लस एयरले सञ्चालन गरेको दुई इन्जिनयुक्त यो विमान मायामीबाट ह्युस्टन आइरहेको थियो । राति साढे १२ बजे विमान दुर्घटना भएको हो । 

विमानस्थलबाट ३० माइल दक्षिणपूर्वमा विमानको राडार र रेडियो सम्पर्क टुटेको थियो । 

यसबीच एट्लस एयरले एक बयान जारी गरेर यो विमान अमेजनका लागि काम गर्ने बतायो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्