११ असार २०८३, बिहीबार

असममा विषालु रक्सी पिएर मर्नेको संख्या १२९ पुग्यो

फागुन १२, २०७५
असममा विषालु रक्सी पिएर मर्नेको संख्या १२९ पुग्यो

काठमाडौं — भारतको असम राज्यमा विषालु रक्सी सेवन गरेर मर्नेहरूको संख्या १२९ पुगेको छ । 

अधिकारीहरूका अनुसार, ३०० भन्दा बढी मानिस घाइते छन् र तीमध्ये धेरैको हालत गम्भीर छ । 

यी सबै पीडित गोलाघाट र जोरहाट जिल्लाको चियाबगानमा काम गर्थे । मृतकमा अनेकौं महिला पनि छन् । 
 

गोलाघाट जिल्लाका प्रहरी अधीक्षक पुष्कर सिंहले गोलाघाट र जोरहाटका मेडिकल कलेजमा धेरै मानिस भर्ना भएका छन् । 

गोलाघाट अस्पतालमा उपचार गराइरहेका ३५ वर्षीय बीरेन घटवारले बिहीवार चियाबगानबाट फर्किएपछि रक्सी पिएको बताए । 

उनले भने, ‘मैले आधा लिटर रक्सी किनेको थिएँ र खाना खानुअघि पिएको थिएँ । शुरूमा त सबै कुरा सामान्य थियो तर केही समयपछि टाउको दुख्न थाल्यो । टाउको यति धेरै दुख्यो कि मैले खाना पनि खान सकिनँ, सुत्न पनि सकिनँ ।’

बीरेन बिहानसम्म छटपटाइरहे र उनको छातीमा पनि चर्को पीडा भयो । त्यसपछि उनकी पत्नीले उनलाई अस्पताल लगिन् । 

प्राथमिक उपचारपछि पनि स्थिति नसम्हालिएकाले बीरेनलाई जिल्ला अस्पताल रिफर गरियो । 

असममा चियाबगानमा काम गर्ने मजदूरहरू आफ्नो थकान मेटाउका लागि कामबाट फर्किएपछि साँझपख रक्सी पिउँछन् । 

यति धेरै मान्छे मार्ने रक्सी स्थानीयहरूले नै बनाएका हुन् । 

जानकारहरूका अनुसार, यस्तो रक्सी सस्तो र नशालु हुन्छ । पाँच लिटर रक्सी जम्मा ४०० भारुमा पाइन्छ । 

एसपी पुष्कर सिंहका अनुसार, रक्सी बनाउन मिथाइल र युरिया प्रयोग गरिन्छ । 

यी रसायनको अधिक प्रयोगका कारण कहिलेकाहीँ रक्सी विषालु बन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्