११ असार २०८३, बिहीबार

क्यानडामा आगालागी हुँदा मारिएका ७ सिरियाली बालबालिकाको सम्झनामा शोक

फागुन १२, २०७५
क्यानडामा आगालागी हुँदा मारिएका ७ सिरियाली बालबालिकाको सम्झनामा शोक

काठमाडौं — सिरियाली शरणार्थी परिवारका सात बालबालिका पूर्वी क्यानडाको ह्यालिफ्याक्समा आगोको शिकार बनेपछि शनिवार उनीहरूको अन्त्येष्टिमा करीब दुई हजार मानिस सहभागी भएका छन् । 

अहमद बार्हो र उनका भाइबहिनीहरू रोला, मोहम्मद, ओला, आला, राना र अब्दुल्लाह मंगलवार उनीहरूको घरमा लागेको आगोमा परी दिवंगत भएका थिए । उनीहरूको उमेर चार महिनादेखि १५ वर्षसम्मको थियो । 
आगलागीको कारण पत्ता लागेको छैन । 

उनीहरूका पिता इब्राहिम बार्होको शरीर गम्भीर रूपमा डढेको छ र उनी कोमामा रहेका छन् । आमा कौथर बार्होलाई अलि कम चोटपटक लागेको छ । उनी अन्त्येष्टिमा सहभागी भएकी थिइन् । 

‘मैले धेरै अन्त्येष्टिमा भाग लिइसकेको छु तर यस्तो किसिमकोमा हैन, त्यसैले मलाई माफ गर्नुस्,’ निकै भावुक हुँदै शेख हम्जाले अन्त्येष्टि समारोहमा बोले । 

बार्हो परिवार क्यानडामा सन् २०१७ मा पुगेका थिए र उनीहरू सन् २०१५ देखि क्यानडा पुगेका अनुमानित ४० हजार शरणार्थीमध्ये हुन् ।

अन्त्येष्टि समारोह अनेकौं न्युज च्यानलमा प्रसारण भएको थियो । समारोह मुसलमानी परम्पराअनुसार गरिएको थियो ।  

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्