
काठमाडौं - पछिलो समयमा राजेश हमालले होस्ट गरेको कार्यक्रम 'को बन्छ करोडपति लोकप्रिय भैरहेको छ । बेलायतको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण 'को बन्छ करोडपति’ नेपालमा प्रसारण भइरहेको हो । शनिवार प्रसारित एपिसोड ‘को बन्छ करोडपति’को विशेष एपिसोड थियो जुन एपिसोडमा विमान दुर्घटनामा आफू मरेर पनि यात्रुहरूलाई बचाउने साहसी पाइलट दिनेश न्यौपाने र को-पाईलट सन्तोष रानाको परिवारले ‘को बन्छ करोडपति’ खेले ।
महानायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम शनिवार, आइतवार र सोमवार एपीवान एचडीबाट प्रसारण हुन्छ । ७२ साल फाल्गुन १४ शुक्रवारको नेपालगञ्जबाट जुम्लाको लागि उडेको विमान कालिकोटको चिलखायामा दुर्घटना हुँदा सबै ९ यात्री घाइते भए पनि क्याप्टेन दिनेश र कोपाइलट सन्तोषले ज्यान गुमाउन पुगेका थिए । को बन्छ करोडपतिमा उनीहरुले ३ लाख २० हजार जितेका छन् । १० प्रश्नको सही जवाफ दिदै उनीहरुले उक्त रकम जितेका हुन् । उनीहरुले राजेश हमालको शोमा आउन पाउँदा निक्कै खुसि लागेको प्रतिक्रिया समेत दिए ।