
काठमाडौं– गत ६ माघमा संवैधानिक परिषद्ले संविधानले व्यवस्था गरेको पाँचवटा नयाँ आयोगको अध्यक्ष सिफारिस गरेको थियो । जसमध्ये मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम अन्सारीको नागरिकता तथा शैक्षिक प्रमाणपत्रबारे समितिमा उजुरी परेको थियो ।
उनीविरुद्ध परेका चार उजुरीमाथि समितिले छलफल गर्दै कागजात झिएकाएको थियो । उजुरीकर्ताले प्रस्तावित अध्यक्ष अन्सारीमाथि प्रश्न उठाएपछि उनको नागरिकता काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट, एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेट संवैधानिक परिषद्बाट र नेकपाको केन्द्रीय सदस्य रहेको भनिएका अन्सारीको राजनीतिक संलग्नताबारे निर्वाचन आयोगबाट आधिकारिक धारणा समितिले मागेको थियो ।
आवश्यक कागजात प्राप्त भइसकेकाले मंगलबारको बैठकमा छलफल हुने भएको छ ।, नयाँ पत्रिकामा खबर छ ।