२४ जेठ २०८३, आइतबार

ग्रीन बूकले जित्यो सर्वोत्कृष्ट फिल्मको अस्कर पुरस्कार

फागुन १३, २०७५
ग्रीन बूकले जित्यो सर्वोत्कृष्ट फिल्मको अस्कर पुरस्कार

काठमाडौं — यस वर्षको सर्वोत्कृष्ट फिल्मको अस्कर पुरस्कार द ग्रीन बूकले जितेको छ । 

अमेरिकामा गोरा र काला जातिबीचको संघर्षलाई देखाउने यो फिल्मले अस्कर जित्ला भनी धेरैले अपेक्षा गरेका थिएनन् ।

स्थानीय समयअनुसार आइतवार राति अमेरिकाको लस एन्जेजसस्थित डल्बी थिएटरमा एक भव्य समारोहका बीच अस्कर पुरस्कारहरूका विजेताहरूको घोषणा गरिएको थियो ।

सर्वोत्कृष्ट अभिनेता बोहेमियन –याप्सोडी फिल्मका लागि रामी मलेकले जिते । सर्वोत्कृष्ट अभिनेत्री भने द फेवरेट फिल्मका लागि ओलिभिया कोलम्यानले हात पारिन् ।

त्यस्तै सर्वोत्कृष्ट निर्देशकको पुरस्कार आल्फोन्सो कुआरोनले रोमा फिल्मका लागि प्राप्त गरे । उनको यो फिल्मले सर्वोत्कृष्ट विदेशी भाषाको फिल्मको पुरस्कार पनि पायो ।

अन्य प्रमुख पुरस्कारमा स्पाइडरम्यान इन्टु द स्पाइडरभर्सले सर्वोत्कृष्ट एनिमेसनको पुरस्कार जित्यो भने पिरियड एन्ड अफ सेन्टेन्सले सर्वोत्कृष्ट डकुमेन्ट्री पुरस्कार पायो ।

salt training

कमेन्ट गर्नुहोस्