
काठमाडौं – मदिरा बजारलाई व्यवस्थित र मर्यादित गराउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको आयोजनामा यहि फागुण १० गतेका दिन चितवनको नारायणगढस्थित शुभम होटलमा एक दिने ‘रेस्टुरेन्ट कस्टमर सर्भिस एण्ड बार ट्रेनिङ प्रोग्राम’ विषयक तालिम आयोजना गरिएको छ ।
तालिममा सो क्षेत्रका होटलमा कार्यरत कर्मचारीलाई पाहुनासँग गर्ने व्यवहार, शिष्टाचार स्वागत, सत्कारका तरिकाजस्ता विषयमा बार ट्रेनिङ सम्बन्धी विज्ञबाट व्यावहारिक प्रशिक्षण दिएको थियो ।
तालिममा सहभागी हुने होटल कर्मचारीले आफ्नो जीवनस्तर उकास्न र क्षमता अभिवृद्धि तथा सीप विकास गर्नका लागि सुवर्ण अवसर प्राप्त गरेका छन् । तालिम प्राप्त गरिसकेपछि प्रशिक्षार्थीले प्रदान गर्ने सेवाको गुणस्तरमा वृद्धि समेत हुने अपेक्षा गरिएको छ ।
तालिमले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्न गई आउँदै गरेको ‘भिजिट नेपाल २०२०’ लाई समेत सहयोग हुने अपेक्षा गरिएको छ ।