२६ जेठ २०८३, मंगलबार

रोजगार संयोजकको अन्तिम नामावली प्रकाशित गर्ने तयारीमा श्रम मन्त्रालय

फागुन १३, २०७५
रोजगार संयोजकको अन्तिम नामावली प्रकाशित गर्ने तयारीमा श्रम मन्त्रालय

काठमाडौँ -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ७ सय ५३ वटै तहका लागि छनोट गरिएका रोजगार संयोजकको नामावली प्रकाशित गर्ने अन्तिम चरणमा पुगेको छ । सो नतिजा सोमवार दिउँसो प्रकाशित गरिने श्रम मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

योग्यताका आधारमा प्रारम्भिक सूचीमा पर्न सफल २ हजार २ सय ६२ आवेदकको परीक्षा कम्प्युटर प्रणालीबाट शनिवार र आइतवार सम्पन्न भैसकेको छ ।

प्रत्येक स्थानीय तहबाट बेरोजगार र रोजगारदाताहरूको सूची तयार गर्नका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सबै स्थानीय तहमा रोजगार संयोजक खटाउने तयारी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्