काठमाडौं, ३० फागुन– एउटै म्याचमा दश विकेट लिएर क्रिकेट इतिहासमा विश्व रेकर्ड कायम गरेका थिए मेहबुब आलमले । ७.५ ओभरमा १२ रन दिएर मोजाम्बिकका विरुद्धमा खेलेको म्याचमा उनले सो रेकर्ड राखेका थिए ।
उनी बाँया हाते ब्याट्स म्यान हुन् भने लेफ्ट आम मिडियम पेस बलर पनि हुन् ।
बाँया हाते ब्याट्स म्यान भएका कारण पनि विपक्षीलाई उनी विरुद्ध ब्याटिङ गर्न केही असहज महशुस हुने गर्छन् । यसकारण उनी भिन्न मानिन्छन् ।
छोटो समयमै छिटो रन बटुल्न खप्पिस उनी नेपाली क्रिकेटमा विष्फोटक ब्याट्स म्यानका रुपमा चिनिन्छन् । उनले सन २०११ म साउदी अरेयिबा विरुद्ध भएको म्याचमा ४४ बलमा ८८ रन लिएर टी ट्वान्टी म्याचमा उच्च स्कोरको रेकर्ड राखेका थिए ।
उनले सन २००० मा जापानविरुद्धको म्याचमा डेब्यु गरेका थिए । विराटनगरबाट क्षेत्रीय क्रिकेट खेल्ने मेहबुब राष्ट्रिय लिग टीममा सन २०१४ मा भित्रिएका थिए ।
लामो समय राष्ट्रिय टीमबाट बाहिर रहेका मेहबुब अहिले पुरानै लयमा फर्केका छन् । र , अहिले उनी राष्ट्रिय टीमको महत्वपूर्ण खेलाडीका रुपमा अघि सरेका छन् ।
क्रिकेट मैदान कीर्तिपुरमा केन्या विरुद्ध भइरहेको म्याचमा उनले दुई विकेट लिन भ्याई सकेका छन् । पुरानो र अनुभवी खेलाडी भएका कारण पनि उनी मार्फत नेपाली राष्ट्रिय टीमले आशा राखेका छन् ।