एजेन्सी- फिनल्याण्डको कम्पनी नोकियाको मोबाइल बनाउने कम्पनी एचएमडी ग्लोबलले बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस (एमडब्यूसी २०१९)मा आफ्नो नयाँ पाँच स्मार्ट फोन लञ्च गरेको छ ।
कम्पनीले आइतवार उक्त इभेन्टमा नोकिया ९ पेयोरभ्यू, नोकिया ३.२, नोकिया ४.२, नोकिया वान प्लस र नोकिया २१० Nokia 9 Pureview, Nokia 3.2, Nokia 4.2, Nokia 1 Plus र Nokia 210 लञ्च गरेको हो । नोकिया ९ पेयोरभ्यु पेन्टा क्यामेरा स्मार्ट फोन हो । अर्थात् यस फोनको पछाडिपट्टी ५ वटा क्यामेरा छन् । उता नोकिया २१० कम्पनीको पछिल्लो फिचर फोन हो ।
नोकिया ९ प्योरभ्यु (Nokia 9 Pureview)
यस स्मार्टफोनको पछाडि पाँच वटा क्यामेरा छन् । यस फोनको मूल्य ६९९ डलर अर्थात् करीब ७९ हजार रुपैयाँ पर्छ । सेल्फीका लागि २० मेगापिक्सलको क्यामेरा जडित यस मोबाइलमा नेक्स्ट जेनेरेशन प्रो Pro क्यामेरा पनि दिइएको छ । नोकिया ९ पेयोरभ्युमा ५.९९ इञ्चको क्यूएचडी प्लस पीओएलईडी (QHD+ pOLED) नोकिया पेयोरडिस्प्ले (PureDisplay) छ ।
नोकिया ४.२
यस स्मार्टफोनको डिस्प्ले ५.७ इन्चको छ । यो मोबाइल कालो र सिग्नेचर स्यान्ड पिंक रङमा उपलब्ध हुनेछन् । यसको बजार मूल्य १६९ डलर अर्थात् १९ हजार रुपैयाँ हुनेछ । यसमा २ जीबी र्याम र १६ जीबी स्टोरेज तथा ३ जीबि र्याम र ३२ जीबी स्टोरेजका दुई विकल्पहरू हुनेछन् । फोनमा ३ हजार एमएएचका ब्याट्री हुनेछ । फोनमा १३ मेगापिक्सल रियर क्यामेरा र ८ मेगापिक्सलका फ्रन्ट क्यामेरा रहेको छ । यस मोबाइलमा फिंगरप्रिन्ट र फेस अनलकका सुविधाहरू पनि हुने कम्पनीले जनाएको छ ।
नोकिया ३.२
यस स्मार्टफोनको एचडी डिस्प्ले ६.२६ इन्चको छ । यसको स्क्रीन रिजोलुशन ७२० X १५२० पिक्सलको छ । यस स्मार्टफोनको शुरूआती मूल्य १३९ डलर अर्थात् लगभग १६ हजार रुपैयाँ पर्नेछ । यो फोन कालो र स्टील रङमा आउनेछ । यो फोन २ जीबी र्याम र १६ जीबी स्टोरेज तथा ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । फोनमा ४ हजार एमएएचको ब्याट्री हुनेछ । कम्पनीका अनुसार एक पटक फूलचार्ज गरिसकेपछि दुई दिनसम्म टिक्नेछ । स्मार्टफोनमा गुगल एसिस्टेन्टका एक डेडिकेटेड बटम हुनेछ । यस फोनमा पनि फेस अनलक र फिंगरप्रिन्ट अनलकको प्रविधि हुनेछ ।
नोकिया १ प्लस (Nokia 1 Plus)
यो कम्पनीको एन्ट्री लेवल स्मार्टफोन हो । यसको मूल्य ९९ डलर अर्थात् लगभग १२ हजार रुपैयाँ पर्छ । यो कालो, निलो र रातो रङमा उपलब्ध हुनेछ । यो मोबाइल थ्री डी न्यानो टक्स्चरसँगै आउनेछ । यसमा ५.४५ इन्चको एफडब्यूभीजीए आईपीएस डिस्प्ले हुनेछ । यस फोनको रियर क्यामेरा ८ मेगापिक्सल र यसको फ्रन्ट क्यामेरा ५ मेगापिक्सलको छ । यो स्मार्टफोन गो एडिसनमा आधारित हुनेछ ।