
काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमा स्नान गरेकोमा बहुजन समाज पार्टीकी प्रमुख मायावतीले व्यंग्य गरेकी छन् ।
सोमवार एक ट्वीट गर्दै उनले चुनावको समयमा शाही स्नान गरेर जनतामाथि गरेको पाप धोइन्छ त भनी प्रश्न गरिन् । अनि उनले किसान योजनाका विषयमा केन्द्र सरकारको आलोचना पनि गरिन् ।
चुनाव के समय संगम में शाही स्नान करने से मोदी सरकार की चुनावी वादाखिलाफी,जनता से विश्वासघात व अन्य प्रकार की सरकारी ज़ुल्म-ज़्यादती व पाप क्या धुल जाएँगे? नोटबंदी,जीएसटी,जातिवाद, द्वेष व साम्प्रदायिकता आदि की ज़बर्दस्त मार से त्रस्त लोग क्या बीजेपी को इतनी आसानी से मांफ कर देंगे?
मायावती हालैका दिनमा ट्विटरमा आएकी हुन् । उनी आजकल ट्विटरमार्फत जनतासँग साक्षात्कार गर्छिन् । त्यसैमा उनले आफ्नो विचार राख्ने तथा भाजपाको आलोचना गर्ने गरिरहेकी छन् ।
आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराजमा विधिविधानका साथ पूर्जा अर्चना गरे । उनले संगममा डुबुल्की पनि लगाए ।
यस क्रममा उनले उक्त क्षेत्रमा कार्यरत सफाइ कर्मचारीको सम्मान पनि गरिन् । केही सफाइकर्मीको गोडा पनि उनले धोए ।
प्रयागराज जानुअघि मोदीले योगी आदित्यनाथको गढ गोरखपुरमा किसान समृद्धि योजना शुरूआत गरे र यसअन्तर्गत दुई एकडभन्दा कम जग्गा भएका किसानलाई केन्द्र सरकारका तर्फबाट ६ हजार भारु सहयोग दिइनेछ ।
यस योजनाबाट देशका १२ करोड किसानलाई फाइदा पुग्नेछ । लोकसभा चुनावको छेकोमा यसलाई भाजपा सरकारको मास्टरस्ट्रोक मानिएको छ ।
एजेन्सी