२७ जेठ २०८३, बुधबार

सजाय सुनाउनुअघि स्ट्याच्यु अफ लिबर्टीमा चढ्ने अनुरोध गरे न्यायाधीशले

फागुन १३, २०७५
सजाय सुनाउनुअघि स्ट्याच्यु अफ लिबर्टीमा चढ्ने अनुरोध गरे न्यायाधीशले

काठमाडौं — अमेरिकाका एक न्यायाधीशले स्ट्याच्यु अब लिबर्टी चढ्ने महिलालाई सजाय सुनाउनुअघि विचित्र अनुरोध गरेर सबैलाई छक्क पारे । 

संघीय न्यायाधीश गेब्रिएल गोरेन्स्टिनले आरोपितलाई सजाय सुनाउनुअघि स्ट्याच्यु अफ लिबर्टीमा चढ्ने अनुमति मागेका हुन् । न्यायाधीशले आरोपितलाई सजाय दिनुअघि स्ट्याच्युमा चढेर त्यसको जोखिमका बारेमा थप राम्रो ढंगले बुझ्न चाहेको बताए । त्यसै तथ्यका आधारमा न्यायाधीशलाई सजाय दिनुअघि प्रतिमामा चढ्ने अनुमति दिइएको छ । 

थेरेसी ओकुमोउ नामक महिलाले अमेरिकाको स्वतन्त्र दिवसका दिन प्रतिष्ठित प्रतिमा स्ट्याच्यु अफ लिबर्टी चढेको आरोप छ । उनलाई त्यहाँबाट तल ल्याउन घन्टौंसम्म प्रयास गर्नुपरेको थियो । 

उनले त्यहाँ चढेर आप्रवासन र सीमा शुल्कको व्यवस्था बनाउन आह्वान गरेकी थिइन् । मेक्सिको सीमामा आप्रवासी परिवारलाई छुट्ट्याएकोमा उनले विरोध गरेकी थिइन् ।

पछि उनी तल हाम्फालिन् र उनलाई स्ट्रेचरमा लगियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्