१७ असार २०८३, बुधबार

गण्डकी प्रदेश सरकारले ३ जिल्लामा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन गर्ने

फागुन १३, २०७५
गण्डकी प्रदेश सरकारले ३ जिल्लामा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन गर्ने

पोखरा - गण्डकी प्रदेश सरकारले ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन गर्ने भएको छ । सरकारले प्रदेशभित्रका मुख्य राजमार्गमा सडक दुर्घटनामा परी गम्भिर घाइते भएका बिरामीलाई तत्काल उपचारात्मक सेवा प्रदान गर्न ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालनको योजना अगाडि  बढाएको हो ।

पहिलो चरणमा पर्वत, स्याङजा र तनहुँ जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’का रूपमा विकसित गर्ने योजना अगाडि बढेकोछ ।

‘हाइवे ट्रमा घुम्ती अस्पताल’का रूपमा अगाडी बढाइने स्वास्थ्य संस्थाहरुमा तनहुँको दमौली जिल्ला अस्पताल, स्याङजाको वालिङस्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र पर्वतको तिलारस्थित रहेको  डिमुवा स्वास्थ्य केन्द्र रहेका छन् ।

३ जिल्लामा रहेका स्वास्थ्य संस्थालाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विककास गर्न सामाजिक विकास मन्त्रालयले चालु वर्षमा प्रत्येक अस्पताललाई ५०/५० लाख रुपैयाँ विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले जानकारी दिए ।

तत्कालै सञ्चालमा आउने ती अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्नेछन्। सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा एक जना स्वास्थ्यर्मी आवश्यक उपकरण र औषधको समेत ब्यवस्था गरिने सूचना अधिकृत शर्माले बताए। ‘एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने छ’ उनले भने।

अस्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ । ‘गण्डकी प्रदेशको सडक दुर्घटनालाई न्यूनिकरण गर्ने अभियानअन्तर्गत पहिलो चरणमा तीन जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो’, सूचना अधिकृत शर्माले भने । ‘अभियानले तत्कालै उपचार नपाएर मृत्यु हुनेको संख्यामा कमी आउने छ।’

यस अधि सामाजिक विकास मन्त्रालयको आर्थिक एवं प्राविधिक सहयोगमा धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा अक्सिजन प्लान्ट समेत स्थापना गरिएको छ।

सामाजिक विकास मन्त्रालयको ७० लाख रुपैयाँको अनुदानमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको शर्माले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्