०१ असार २०८३, सोमबार

युवा ज्योतिष हरिहर प्रेममा परेपछि मार्न र मर्न तयार [भिडियोसहित]

फागुन १४, २०७५
युवा ज्योतिष हरिहर प्रेममा परेपछि मार्न र मर्न तयार [भिडियोसहित]

काठमाडौं- युवा ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रको ट्रेलरमा हरिहर र नायिका कृस्टिन पौडेलको प्रेमलाई देखाइएको छ । उनि कृस्टिनका लागि मार्न र मर्न तयार देखिएका छन् ।

‘शुभ लभ’ हरिहर र कृस्टिन दुवैको डेब्यू चलचित्र हो ।  

प्रदीपकुमार उदयको प्रस्तुतिमा तयार भएको चलचित्रमा हरिहर वास्तविक जीवनमा जस्तै ज्योतिषको भूमिकामा नै प्रस्तुत भएका छन् । हरिहर र कृस्टिनका साथमा चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदीप बास्तोला, सूर्या थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

चैत्रको १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रको निर्मातामा धर्मराज शर्मा सुवेदी रहेका छन् । हरिहर अधिकारीको कथा रहेको चलचित्रमा अभिमन्यू निरबीको पटकथा तथा संवाद, रामेश्वर कार्कीको छायांकन, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

चलचित्रमा समावेश ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’बोलको गीतले राम्रो चर्चा पाईरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्