
काठमाडौं — भारतीय वायुसेनाले खसाएको बमका कारण पाकिस्तानमा निकै क्षति पुगेको सूत्रहरूलाई उद्धृत गर्दै एएनआई समाचार संस्थाले जनाएको छ ।
क्षतिको यकिन विवरण नआएको भए पनि क्षति उल्लेख्य रहेको सूत्रहरूले बताए ।
भारतीय वायुसेनाका मिराज जेट लडाकू विमानले पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रमा रहेको एक ठेगाना ध्वस्त पारेको दाबी सूत्रहरूले एएनआईसँग गरेका छन् ।
सर्जिकल स्ट्राइकपछि भारतको पञ्जाब र हरियाणास्थित सैन्य अड्डाहरूलाई उच्च सतर्कताको स्थितिमा राखिएको छ ।
पाकिस्तानी एफ१६ विमानलाई भारतीय मिराज विमानको प्रतिकार गर्नका लागि हतारहतार ल्याइएको भए पनि उनीहरू भारतीय फर्मेसनको आकारलाई देखेर प्रतिकार नगरिकन फर्किएको सूत्रको दाबी रहेको एएनआईले जनाएको छ ।
एजेन्सी