काठमाडौं ३० फागुन–नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा संकलित हस्ताक्षर सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउदै छ ।
राजधानीको माइतीघर मण्डलामा एक घण्टा धर्ना सहित संकलित हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझाउन लागिएको हो ।
धर्नामा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई लगायत नेताहरु सहभागि छन् । नयाँ शक्तिले संविधान संशोधन मार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यबस्था गर्नुपर्ने माग गरेको छ ।