
काठमाडौं — उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग शिखरवार्ताका लागि भियतनाम पुग्दा केही रमाइला दृश्यहरू देखिएका छन् । किमका सहयोगीहरूबीच संवादमा देखिएको असामञ्जस्यका कारण एकजना अनुवादक इन्टरनेटमा भाइरल भइरहेका छन् ।
कुल ७० घन्टाको ट्रेन यात्रापछि किम भियतनामको डोङ डाङ स्टेसनमा मंगलवार बिहान पुगेका हुन् । हरियो र पहेंलो रंगको विलासी ट्रेन चढेर उनी त्यहाँ पुगेका हुन् ।
ट्रेनबाट उनी एक्लै प्ल्याटफर्ममा ओर्लिए र उनले पहिलो भियतनामी अधिकारीसँग हात मिलाउनका लागि अघि बढाउँदा उनका अनुवादक बाँकी उत्तर कोरियाली प्रतिनिधिमण्डलसँगै ट्रेनभित्रै रहेको देखियो ।
त्यसपछि ती अनुवादक बेतोडले दौडिँदै किम भएको ठाउँमा आइपुगे । उनको दौड देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू निकै उत्साहित भए ।
त्यसमाथि झन् ट्रेन शुरूमा आइपुग्दा रातो कार्पेटभन्दा निकै अगाडि पुगेपछि त्यसलाई फेरि पछाडि धकेल्नुपरेको थियो ।
अनुवादक ठीक समयमा किमनजिक पुगे तर यसले शान्ति शिखरवार्ताको अडमिल्दो शुरूआत गराएको छ ।
अनि किमका लागि हनोईको मेलिया होटललाई डबल बूकिङ गराइएकाले ह्वाइट हाउसका सबै पत्रकारहरूलाई होटलबाट निकालेर अर्को भवनमा लगिएको थियो ।
THAT SPRINT pic.twitter.com/wDwntnQ71W
— Raphael Rashid (@koryodynasty) February 26, 2019
आरटीबाट