१६ असार २०८३, मंगलबार

पाकिस्तानको दाबी- दुई लडाकु विमान खसाल्यौं, एक पाइलट गिरफ्तार

फागुन १५, २०७५
पाकिस्तानको दाबी- दुई लडाकु विमान खसाल्यौं, एक पाइलट गिरफ्तार

एजेन्सी- पाकिस्तानी सेनाले आफूहरूले दुई वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेका छन् । 

मेजर जनरल आसिफ गफूरले ट्वीट गरेका छन्, 'आज बिहानै पाकिस्तानी वायु सेनाको हमलाको जवाफमा भारतीय वायु सेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा (एलओसी) पार गर्‍यो । पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयरस्पेस भित्र दुई भारतीय विमान खसालेको छ । एक भारतीय पाइलटलाई पनि गिरफ्तार गरिएको छ ।' 

उता भारतले भने पाकिस्तानको दाबीलाई स्वीकार गरेको छैन ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भने, 'पाकिस्तानी वायु सेनाले आफ्नो सीमाभित्र रहेर नियन्त्रण रेखाको दोस्रो तर्फ बमबारी गर्‍यो । यद्यपि, भारतको हर्कतको जवाफी कारवाही थिएन । यसैकारण पाकिस्तानले गैर-सैन्य लक्ष्यलाई निशाना बनायो  ताकि मानवीय क्षति नहोस् । हामी युद्ध बढाउने मनशायमा छैनौं तर तयारी अवस्थामा भने हुनेछौं ।'

salt training

कमेन्ट गर्नुहोस्