काठमाडौं — पाकिस्तानी एयरस्पेसमा दुईवटा भारतीय लडाकू विमान खसालेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्तिवार्ता गर्न भारतलाई प्रस्ताव गरेका छन् ।
बुधवार एक भिडियो सन्देश जारी गर्दै उनले भने, ‘जवाफी कारवाहीमा भारतका दुई मिग विमानलाई खसालिएको छ । अब हामीहरूले दिमाग लगाएर बुद्धिमत्ताका साथ काम गर्नु जरूरी छ ।’
राष्ट्रको नाममा सन्देश जारी गर्दै उनले पाकिस्तान ‘आतंकवादका सम्बन्धमा सबै किसिमका संवादका लागि तयार रहेको’ बताए ।
‘ठण्डा दिमाग हावी हुनुपर्छ,’ उनले भने, ‘हामीहरू सँगै बसेर यस विषयलाई वार्तामार्फत हल गर्नुपर्छ ।’
विश्लेषकहरूले प्रधानमन्त्री खानको सन्देशलाई सकारात्मक भन्दै प्रशंसा गरिरहेका छन् ।
यसैबीच सामाजिक सञ्जालमा आइरहेको एक भिडियोको तस्वीरमा भारतीय वायुसेनाका पाइलट जलाशयनजिक पाकिस्तानी भूमिमा अवतरण गरेको देखिएको छ ।

डन डट्कमबाट