काठमाडौं -संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको बुधवार हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ ।
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गरी फर्किने क्रममा मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो ।
मन्त्री अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको खबर बुधवार दिउँसो एकछिनमै देशभर फैलियो । बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी पोखरा मालेपाटनस्थित निवासमै थिए ।
मन्त्री अधिकारीको निधन भएको खबरलगत्तै नेकपाका युवा नेता एवं प्रदेश सांसद् राजीव पहारीसहितको टोली अधिकारी निवासमा पुग्यो ।
छोराको निधनको खबर सुनेर विक्षिप्त बनेका बुवाआमा सम्हालिन सकेनन् । बुवा इन्द्रलाई पोखरा विमानस्थलमा बुइमा बोकेर विमानसम्म लगिएको थियो ।
उनी सम्हालिन सकिरहेका थिएनन् । आफ्नो छोराको मृत्युको खबर कुन बुवाआमाले सहजै स्वीकार्न सक्लान् र !
हेर्नुहोस्, तस्वीर :
तस्वीर : रासस