२६ जेठ २०८३, मंगलबार

हेलिकप्टर दुर्घटनाका मृतकको शव  काठमाडौँ ल्याइँदै

फागुन १६, २०७५
हेलिकप्टर दुर्घटनाका मृतकको शव  काठमाडौँ ल्याइँदै

काठमाडौं– बुधबार भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव आज काठमाडौं ल्याइने भएको छ  
 नेपाली सेनाको हेलिकप्टरमा  अधिकारीसहित हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ ल्याउन लागिएको हो । 

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव सुकेटार ल्याइने छ ।  सुकेटार विमानस्थलमा शव जम्मा भएलगत्तै  काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले  जानकारी दिए । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । घटनास्थलको शव कुर्न रातभर सुरक्षाकर्मी हिमपातका बीच घटनास्थलमा खटिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्