०९ असार २०८३, मंगलबार

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाका ७ जनाकै परिवारलाई भेटेर प्रमद्वारा सहानुभूति

फागुन १६, २०७५
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाका ७ जनाकै परिवारलाई भेटेर प्रमद्वारा सहानुभूति

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका सातै जना मृतकका घरमा पुगेर मृतकका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गरेका छन् । 
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थल निरीक्षणपछि पाथिभरा दर्शन गरी काठमाडौँ फर्कने क्रममा भएको हेलिकप्टर दुर्घटनामा उड्डयन प्राधिकरणका निर्देशक धु्रव भोछिभोया, उड्डययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको ज्यान गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्