१० असार २०८३, बुधबार

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जलि दिन राष्ट्रपतिसहित नेकपाका शीर्ष नेता टुँडिखेलमा

फागुन १७, २०७५
मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जलि दिन राष्ट्रपतिसहित नेकपाका शीर्ष नेता टुँडिखेलमा

काठमाडौं– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ ।

अन्तिम श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपाका शीर्ष नेताहरु टुँडिखेल पुगेका छन् । 

आफन्त, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी अधिकारी, सर्वसाधारण टुँडिखेल आउने क्रम शुरु भएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्