२४ जेठ २०८३, आइतबार

अफिसमा यी काम गर्नुभयो भने तपाईंलाई कसैले मन पराउँदैन

कात्तिक २०, २०७४
अफिसमा यी काम गर्नुभयो भने तपाईंलाई कसैले मन पराउँदैन
काठमाडौं, ३० फागुन — कार्यालयमा तपाईंका बानीहरूले तपाईंको छविमा ठूलो असर पार्छन् । तपाईंको बानीबेहोरा देखेरै मानिसहरूले तपाईंप्रति धारणा बनाउँछन् । त्यसैले सही छवि प्रस्तुत गर्नका लागि सही बानी हुनुपर्छ ।


ढिलो नगर्ने

समयमै अफिस पुग्नुपर्छ । हरेक काम समयमा नै सक्ने र तपाईंबाट अपेक्षा गरिएको काम गर्न तयार हुने बानी राम्रो हो । काममा ढिलासुस्ती गर्नुभयो भने तपाईंलाई कसैले पनि मन पराउँदैन ।

मिटिङमा फोकस
मिटिङ भनेको गफ गर्ने थलो होइन, त्यसैले त्यहाँ चलेका छलफलमा तपाईंको ध्यान एकत्रित हुनुपर्छ । मोबाइल वा ल्यापटप खोलेर काम गर्न थाल्ने वा कुनै सोचमा डुबेर बस्ने काम मिटिङ अवधिमा नगर्नुहोला । यसो गर्नुभयो भने तपाईं लापरवाही मान्छे ठहरिनुहुन्छ । अनि मिटिङमा ढिलो गरी पुग्ने बानी छ भने तत्कालै त्याग्नुहोस् ।

कामको टीकाटिप्पणी
तपाईंलाई कुनै असाइनमेन्ट दिइएको छ भने त्यसका बारेमा अनेकथरी प्रश्न उठाउनुभयो भने तपाईंले काम गर्न नचाहेको देखिन्छ । उचित प्रश्न त उठाउनैपर्छ तर तुक नभएका प्रश्न सोध्दै नसोध्नुहोला ।

नकारात्मकता त्याग्ने
हुन त प्रत्येक कर्मचारीलाई हाकिम, सहकर्मी वा कुनै कामका सम्बन्धमा कुनै न कुनै किसिमको गुनासो हुन्छ । तर तपाईंले जान्ने पल्टेर जतिखेर पनि गुनासो गर्नुभयो भने तपाईंलाई कसैले मन पराउँदैन ।

बिरामीको बहाना
तपाईं प्रायः बिरामीको बहाना बनाएर छुट्टी लिन थाल्नुभयो भने तपाईंको हाकिमले कदापि राम्रो ठान्दैनन् । यस्तो बानीका कारण तपाईंको प्रमोसन र तलबवृद्धिमा बाधा पुग्छ ।

डेस्कमा मेकअप
अफिसको डेस्कमा बसीबसी मेकअप कहिल्यै नगर्नुस् । तपाईंलाई सिंगारिनै मन छ भने बाथरूम गए भइगयो नि ।

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्