०९ असार २०८३, मंगलबार

पत्रकार सम्मेलनमा मन्त्रीकै अगाडि उपभोक्ता अधिकारकर्मी बाझाबाझ गरेपछि ...

कात्तिक २०, २०७४
पत्रकार सम्मेलनमा मन्त्रीकै अगाडि उपभोक्ता अधिकारकर्मी बाझाबाझ गरेपछि ...

काठमाडौं, ३० फागुन – अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको पूर्वसन्ध्याहमा सोमवार आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन आयोजना ग-यो । यही बुधवार (आगामी चैत २ गते) मनाइन लागेको उपभोक्ता दिवसको बारेमा जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । 

तर मन्त्रालयमै गरिएको उक्त पत्रकार सम्मेलनमा अप्रिय स्थिति उत्पन्न भयो । कार्यक्रममा सहभागी उपभोक्ता अधिकारकर्मीबीच विवाद चर्किएपछि कार्यक्रम हल नै एकछिन तनावग्रस्त बन्यो ।


राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँबीच विवाद चर्किएपछि पत्रकार सम्मेलनको माहोल नै केही क्षण तनावमय बनेको थियो ।

उपभोक्ता अधिकारका बारेमा पैरवी गरेको दाबी गर्ने उपभोक्ता अधिकारकर्मी नै एकअर्कामा आरोप प्रत्यारोपमा उत्रेपछि आपूर्तिमन्त्री दीपक बोहोराले हस्तक्षेप नै गर्नुपरेको थियो ।

यसरी शुरु भयो विवाद

आगामी चैत २ गते मनाउन गइरहेको उपभोक्ता दिवसका बारेमा जानकारी दिन आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता नै आपूर्तिमन्त्री दीपक बोहोराले गरेका थिए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले दिवसको बारेमा जानकारी दिन तयार गरिएको पे्रस विज्ञप्ति पढेर भ्याए । त्यसलगत्तै थप जानकारीका लागि मन्त्री बोहोराले सहभागी तथा पत्रकारलाई दिवसवारे थप जिज्ञासाका लागि अनुरोध गरे ।

मन्त्रीको अनुरोधसँगै शुरुमै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हात उठाए । सहभागीका तर्फबाट शुरुमै बोल्ने मौका पाएका महर्जनले केही दिनअघिमात्र नेपाल आयल निगमले बढाएको खाना पकाउने एलपी ग्यासको खुलेर विरोध गरे ।

अत्यावश्यकीय पदार्थ खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धिले उपभोक्ता अधिकार हनन गरिएको तर्क गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन उनले आग्रह गरे ।

उपभोक्ता दिवसको पूर्वसन्ध्यामा गरिएको मूल्यवृद्धिका बीच उपभोक्ता दिवस मनाउनुको औचित्य नभएको भन्दै आफू र आफ्नो संस्थाले उक्त दिवस बहिष्कार गर्ने चेतावनी अध्यक्ष महर्जनले दिए ।
महर्जनको पालो सकिनेबित्तिकै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँले हात उठाए । मन्त्रीले पनि उनलाई बोल्ने समय दिए ।

तर अध्यक्ष बानियाँले उपभोक्ता अधिकारकर्मीले उपभोक्ता दिवस बहिष्कार गर्नु नाजायज हुने तर्क गर्दै त्यस्तो काम नगर्न आग्रह गरेपछि पूर्ववक्ता राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जन जंगिए ।
‘सरकारले उपभोक्ता दिवस मनाउने निर्णय गर्नु सराहनीय छ,’ अध्यक्ष बानियाँले भने, ‘यस्तो दिवसको बहिष्कार नगरौं ।’ बानियाँले यसो भन्नेबित्तिकै जंगिदै बीचैमा कुरा काटेर महर्जनले हस्तक्षेप गर्न खोजेका थिए ।

अन्य संस्थाको बारेमा बोल्ने अधिकार नभएको भन्दै महर्जन बानियाँको प्रतिवाद गरे ।
दुई संस्थाका अध्यक्षबीच वाक्युद्ध चलेपछि मन्त्री र पत्रकारले हस्तक्षेप गरेका थिए । मन्त्रीले विवाद नगर्न हस्तक्षेप गरेपछि मात्र स्थिति साम्य भएको थियो ।

उपभोक्ता अधिकारकर्मीबीच नै विवाद देखिएपछि पछि हात उठाउने अन्य उपभोक्ता अधिकारवादी संघसंस्थाका प्रतिनिधिलाई मन्त्रीले बोल्ने पालो नै दिएनन् ।

मन्त्री बोहोराले आगामी यस्ता कार्यक्रममा उपभोक्ता अधिकारकर्मीलाई सहभागी नै नगराउने चेतावनीसमेत दिए ।
विवादले कार्यक्रमको माहोल नै परिवर्तन गरिदिएपछि मन्त्री बोहोराले समय छोट्ट्याएर कार्यक्रम समापन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्