मुगु ३० फागुन - नेपाल शिक्षक संघ मुगुको ८ औ जिल्ला अधिबेशनबाट जङ्ग बहादुर शाही सर्बसमिति अध्यक्ष निर्वाचित भएका छन । शाहीको नेतृत्वमा १७ सदस्य सदस्य जिल्ला कार्यासमितिको गठन भएको छ ।
उपाध्यक्षमा खुल्लातर्फ सलबहादुर रावल, महिला उपाध्यक्षमा जानशा मल्ल, सचिव लोकेन्द्र बहादुर मल्ल, अर्थ सचिव देबदत्त संज्याल चुनिएका छन् ।
सहसचिवाम बिनोद कुमार मल्ल, धनराज जैसी, अप्सरा श्रेष्ठ, तुलसीह नेपाली चयन भएका छन् । अधिवेशनबाट महिला सदस्य तिन, खुल्ला सदस्य चार, संघीय प्रतिनिधि चार, प्रदेश प्रतिनिधि चार जना गरी २५ सदस्य नयाँ कार्यसमिति समिति गठन गरीएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष शाहीले जिल्लामा रहेका शिक्षकहरुको हकहितमा आवाज उठाउने र दुर्गम जिल्लामा गुणस्तरीय शिक्षा बिकासका लागि लागिपर्ने प्रतिबद्घता जनाएका छन ।