काठमाडौं, १ चैत – प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार छलफल भएको छ ।

आजको गोरखापत्र दैनिक लेख्छ– प्रधानमन्त्रीको आग्रहमा ओली मेची– महाकाली अभियानलाई बिचैमा छाडेर छलफलका लागि काठमाडौं आएका हुन् । उनीहरुबीच प्रमको सरकारी निवास बालुवाटारमा सहयोगी बिनै वार्ता भएको हो ।
करीब आधा घण्टा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन पारित गरेर निर्वाचनमा जान ओलीसँग प्रस्ताव गरेका थिए । तर, ओलीले सो प्रस्ताव अस्वीकार गरेको प्रमका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।