२६ जेठ २०८३, मंगलबार

भेनेजुएलाले निकाल्यो जर्मनीका राजदूत

फागुन २३, २०७५
भेनेजुएलाले निकाल्यो जर्मनीका राजदूत

काठमाडौं –विपक्षी नेता हुआन गुआइडोले पाइरहेको अन्तर्राष्ट्रिय समर्थनको प्रतिकारस्वरूप भेनेजुएलाले जर्मनीका राजदूतलाई निष्काशन गरिएको छ । 

यसैबीच अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई सत्ताच्युत गर्नका लागि प्रतिबन्ध कडा बनाएको छ । परराष्ट्र मन्त्रालयले बताएअनुसार, भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले जर्मन राजदूत मार्टिन क्रीनरले ४८ घन्टाभित्र देश छोडेर जानुपर्नेछ । 

सोमवार गुआइडो देश फर्किंदा जर्मन राजदूतले उनको स्वागत गरेका थिए । गुआइडोले विपक्षी सांसदहरूलाई सम्बोधन गर्दै क्रीनरलाई बाहिर निकाल्नु भनेको स्वतन्त्र विश्वका लागि एक जोखिमका रूपमा हेरिनेछ । 

गुआइडोलाई ५० भन्दा बढी देशले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएको छ । 

अमेरिकाले भेनेजुएलामाथिको प्रतिबन्ध कडा बनाउने क्रममा अधिकारी तथा परिवार समेत ७७ मानिसको प्रवेशाज्ञा रद्द गरेको छ । तर संयुक्त राष्ट्र मानवअधिकार प्रमुख मिशेल बाचेलेटले यी प्रतिबन्धका कारण भेनेजुएलामा आर्थिक र राजनीतिक संकट झन् गहिरिने बताएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्