२८ जेठ २०८३, बिहीबार

रंगशाला निर्माणका लागि कांग्रेस प्रवक्ता शर्माले गरे सहयोग

फागुन २३, २०७५
रंगशाला निर्माणका लागि कांग्रेस प्रवक्ता शर्माले गरे सहयोग

काठमाडौँ -नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले 'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला' निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर शर्माले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् ।

विवाह भएको १६औं वर्षगाँठमा शर्माले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैयाँ सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे । 

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्