१० असार २०८३, बुधबार

कतारमा मृत्यु भएका नेपाली नागरिकका परिवारले ६०/६० लाख पाए

फागुन २३, २०७५
कतारमा मृत्यु भएका नेपाली नागरिकका परिवारले ६०/६० लाख पाए

दोहा -सन् २०१४ मा कतारमा मृत्यु भएका दुई नेपाली नागरिक शिरण कापर र पूर्ण बहादुर सार्कीका परिवारले करीब २/२ लाख कतारी रियल क्षतिपूर्ति पाएका छन् ।

कतारको आन्तरिक मामिला मन्त्रालयले निज मृतकका परिवारजनका सदस्यहरुलाई कतारमा आमन्त्रण गरी क्षतिपूर्ति स्वरुप प्रत्येक परिवारलाई जनही दुई-दुई लाख कतारी रियल दिएको कतारस्थित नेपाली राजदूतावासले जानकारी दियो ।

क्षतिपूर्ति लिन मृतक द्वयका परिवारका सदस्यहरु काकुल्ती देवी कापर र शान्ती सार्की कतारमा गएका थिए । उनीहरूलाई कतार सरकारको आन्तरिक मामिला मन्त्रालयले मंगलवार रकम हस्तान्तरण गरेको हो । उनीहरूले बैङ्किङ्ग च्यानल मार्फत सो रकम नेपालमा प्राप्त गर्नेछन् ।

क्षतिपूर्ति रकम प्राप्त गर्न कतारस्थित नेपाली राजदूतावासले कतार सरकारका सम्बन्धित अधिकारीहरुसँग भेटघाट गरी विशेष पहल गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्