११ असार २०८३, बिहीबार

अन्तरिक्षयानले पठाएको पृथ्वीसँगको सेल्फी भयो भाइरल

फागुन २३, २०७५
अन्तरिक्षयानले पठाएको पृथ्वीसँगको सेल्फी भयो भाइरल

काठमाडौं – चन्द्रमाको पहिलो मिसनमा गएको एक इजरायली अन्तरिक्ष यानले सेल्फी धर्तीमा पठाएको छ । मिसन प्रमुखले मंगलवार यसको जानकारी दिएका हुन् । 

बेरेशेट अन्तरिक्षयानको पृष्ठभूमिमा पृथ्वी ग्रह देखिएको छ । अन्तरिक्षयान इजरायलको युदेह मिसनको नियन्त्रण कक्षबाट ३७ हजार ६०० किलोमिटर दूरीमा रहेको छ । सेल्फी सामाजिक सञ्जालमा ह्याशट्याग इजरायलटुदमून नामबाट भाइरल भइरहेको छ । 

स्पेसेल र इजरायल एयरोस्पेस इन्डस्ट्रीजले मिलेर मानवरहित अन्तरिक्षयान बनाएका हुन् । फेब्रुअरी २२ मा यो यान पठाइएको थियो । 

अहिलेसम्म रुस, अमेरिका र चीनले मात्र चन्द्रमामा पुग्न सफलता प्राप्त गरेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्