
स्याङजा– स्याङजाको चापाकोट नगरपालिकका ९ का अध्यक्ष र सचिवको मिलेमतोमा दोस्रो विवाह दर्ता गरिदिएको खुल्न आएको छ । विवाहित भएको थाहा हुँदाहुँदै पनि वडाध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईको मिलेमतोमा विवाह दर्ता भएको हो ।
स्थानीय केशव पंगेनीले गएको वैशाखमा पुतलिबजार नगरपालिका १३ बस्ने २५ वर्षिय प्रतिमा रेग्मीसँग दोस्रो विवाह गरेका थिए । अध्यक्ष भण्डारी र सचिवलाई उनीहरुबीच दोस्रो विवाह भएको जानकारी हुँदाहुँदै पनि रकमको चलखेलमा विवाह दर्ता गरिदिएको पंगेनीकी जेठी श्रीमती खेमकुमारी पंगेनीले आरोप लगाइन् ।
साेही वडाका अध्यक्ष र सचिवले वडा कार्यालयमा राजस्व रसिदमा उठेकाे रकम व्यक्त्तिगत रुपमा खर्च गरेर राजस्व रसिद नै गायब बनाएकाे नगरपालिकामा उजुरी दर्ता भएकाे छ । झण्डै तीन महिनासम्म उठाएकाे राजस्व अनियमितता गरेर रसिद गायब पारिएकाे नगरपालिकाले जनाएकाे छ ।, कारोबारमा खबर छ ।