
झापा– झापा गोल्डकपको फाइनल प्रवेशका लागि घरेलु टिम मगमग झापा–११ र रुस्लान थ्रीस्टारबीच शुक्रबार प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम तेस्रो पटक आमने–सामने हुँदैछन् ।
यसअघिका तीन वटै संस्करणको फाइनल पुगेको घरेलु टोली झापा–११ थ्रीस्टारविरुद्ध हाबी हुनेछ । झापा गोल्डपको पहिलो र तेश्रो संस्करणको फाइनल प्रवेशका लागि भएको खेलमा थ्रीस्टार पराजित बनेको थियो ।
खेल डोमलाल राजवंशी रंगशालामा हुनेछ । आजको विजेताले शनिबार हुने त्रिभुवन आर्मी र दाफिन्स एफसीको विजेतासँग फाइनल खेल्नेछ ।