
काठमाडौं, १ चैत - स्थानीय निकायले मंगलवारदेखि औपचारिक रुपमा काम थालेका छन् । सरकारले शुक्रवारनै पुरानो संरचना विघठन गरेर नयाँ संरचना लागू गरेको भएपनि शनिवार र सार्वजनिक विदाको कारणले आइतवारदेखि स्थानीय संरचना लागू गरिएको हो ।
देशभरका ७ सय ४४ वटा स्थानीय निकाले काम थालेका छन् । चार महानगरपालिका, १३ उपपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकाले काम थालेका छन् ।
यस अघि एउटा मात्रै महानगरपालिका भएपनि अब चाहिँ महानगरपालिकाको संख्या चार पुगेको छ । ललितपुर महानगरपालिका, पोखरला लेखनाथ महानगरपालिका र चितवनमा भरतपुर महानगरपालिका बनेका हुन् ।
महानगरपालिकामा सह सचिव कार्यालय प्रमुख रहनेछन भने उपमहानगरपालिका र नगरपालिकामा उप सचिव कार्यालय प्रमुख रहने छन् । गाउँ गाउँमा गठन भएका गाउँपालिका प्रमुखमा शाखा अधिकृत रहने छन् ।
जिल्ला विकास समिति विघठन भएर जिल्ला समन्वय समितिमा परिणत भएको छ ।