
काठमाडौं – भारतको सर्वोच्च अदालतले शुक्रवार अयोध्या विवादमा तीन मध्यस्थकर्ता नियुक्त गरेको छ ।
प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा रहेको पाँच न्यायाधीशको इजलासले मध्यस्थकर्ता नियुक्त गर्ने आदेश दिएको हो ।
मध्यस्थकर्ताको कामलाई मिडियाले रिपोर्ट गर्न पाउने छैन ।
अदालतले पूर्व न्यायाधीश फकीर मोहम्म्द इब्राहिम खलीफुल्लाको नेतृत्वमा तीन सदस्यीय मध्यस्थता समिति गठन गरिएको छ । समितिमा श्री श्री रविशंकर र वरिष्ठ अधिवक्ता श्रीराम पञ्चू पनि छन् ।
मध्यस्थकर्ताहरूले चाहेमा समितिमा अन्य सदस्य पनि थप्न सक्नेछन् । अदालतको आदेशमुताबिक मध्यस्थता प्रक्रिया एक हप्तामा शुरू गर्नुपर्नेछ ।
मध्यस्थता बन्द कोठामा पूर्ण गोपनीयताका साथ गर्न अदालतले आदेश दिएको छ । मध्यस्थता कारवाही फैजाबादमा हुनेछ ।
मध्यस्थता प्रक्रिया आठ हप्तामा पूरा गर्नुपर्ने सर्वोच्चले बताएको छ ।
बीबीसी हिन्दीबाट