२७ जेठ २०८३, बुधबार

विप्लवलाई पार्टीको नाम 'लुटेरा समूह' राख्न ओलीको सुझाव

फागुन २४, २०७५
विप्लवलाई पार्टीको नाम 'लुटेरा समूह' राख्न ओलीको सुझाव

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई कडा चेतावनी दिएका छन् । माओवादीको नाममा विभिन्न आतंक मच्चाउने काम गरेको भन्दै ओलीले विप्लव नेतृत्वको नेकपाको चर्को आलोचना गरेका हुन् । 

शुक्रवार सीके राउत समूहसँगको राजनीतिक सहमति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको नाममा विप्लवले मुलुकमा आतंक मच्चाएको भन्दै पार्टीको नाम 'लुटेरा समूह विप्लव' राख्न सुझाव दिए । उनले थपे, 'लुटेरा समूह प्रकाण्ड विप्लव राखे पनि हुन्छ ।' 

उनले लुट र आतंक मच्चाउनु नै भए नेकपाको बर्को फ्याकेर त्यस्ता क्रियाकलाप गर्न ओलीले विप्लवलाई चुनौती दिए । ‘नेकपा भन्ने बर्को त फ्याक्नुस कम्तीमा । आफूले पनि नेकपा भन्नु पर्‍या छ । त्यस्ता पनि नेकपा,’ ओलीले भने, ‘सर्वसाधारणप्रति दमन गर्न पाइन्छ ? चन्दाका नाउँमा मान्छेलाई त्रास दिने ? उनले प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्