
धनगढी- सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल अपहरणमा परेको खुल्नमा आएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ३/४ जनाको समूहले प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको खुल्नमा आएको हो ।
प्रदेश सभा सदस्य मल्ललाई मुखमा कालो पट्टी बाँधेर जर्बजस्ती उठाएर लगेको बुझ्नमा आएको छ ।
बझाङको बुगल नगरपालिका बिजगडावाट अपहरणकारीले अपहरण गरेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नयन सिंह साउदले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रदेशसभा सदस्य मल्ल बझाङ (ख) बाट माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् ।