१० असार २०८३, बुधबार

मधेसमा नेकपाको पहिलो आमसभा, ओली–प्रचण्डले सम्बोधन गर्ने

फागुन २५, २०७५
मधेसमा नेकपाको पहिलो आमसभा, ओली–प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार रौतहटमा आमसभाको आयोजना गरेको छ । नेकपा एकीकरण भएपछि मधेसमा नेकपाको यो पहिलो जनासभा हो । सदरमुकाम गौरबाट १५ किलोमटर उत्तर र पूर्वपश्चिम राजमार्गको करिब २५ किमि दक्षिणमा  पर्ने गरुडामा हुने आमसभाको तयारी पूरा भएको  नेकपाले जनाएको छ ।

पार्टी एककीरण र नेकपाको मधेस हेर्ने दृष्टिकोणबारे सन्देश दिन ओली– प्रचण्ड मधेस जान लागेका हुन् । दिउँसो १२ बजे शुरु हुने आमसभालाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र  अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेशस्तरका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

ओली–प्रचण्ड दिउँसो १ बजे कार्यक्रम स्थल पुग्ने छन् । त्यसपछि उनीहरूले कार्यक्रममलाई सम्बोधन गर्ने छन् । पार्टीका दुवै अध्यक्ष आउने भएपछि कार्यक्रम स्थलमा सुरक्षाव्यवस्था कडा पारिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्