२२ जेठ २०८३, शुक्रबार

भारत–पाकिस्तान युद्धमा देश छाडेर भागेका थिए राजीव गान्धी ?

फागुन २५, २०७५
भारत–पाकिस्तान युद्धमा देश छाडेर भागेका थिए राजीव गान्धी ?

काठमाडौं– भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धी बारे सामाजिक सञ्जालमा एउटा खबर फैलिरहेको छ । जुन १९७१ को भारत–पाकिस्तान युद्धमा देशलाई उनको आवश्यकता थियो त्यतिबेला भारतीय वायु सेनाका पाइलट राजीव गान्धी देश छोडेर भागेका थिए । 

पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका बीच भारतीय वायु सेनाका कमान्डर अभिनन्दन बर्धमान दुई दिनको हिरासतपछि पाकिस्तानबाट फर्किएपछि गान्धीबारेको अफवाह सामाजिक सञ्जालमा फैलिएको हो । दक्षिणपन्थी रुझानवाला फेसबुक र ह्वाट्स्अपका ग्रुपमा यो भाइरल भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

सन्देशमा लेखिएको छ कि ‘जो राहुल गान्धीले अहिले भारतको एयरस्ट्राइकको प्रमाण मागी रहेका छन् । उनका बुबा देशलाई कठिनाइ परेको समयमा देशको साथ उभिएका थिएनन् ।’ बीबीसीले गरेको खोजमा फेसबुक, ट्विटर, पोस्टकार्ड न्यूज, पीका पोष्ट नामका वेबसाइटमा शेयर भएका लिंकमा २०१५ र २०१८ मा पनि यस्तै दावा गरिएका हिन्दीमा लेखएका सन्देशहरु भाइरल भएका पाइएको छ । अरुलाई अन्योलमा राख्न यस्ता सन्देश पोस्ट गरिएको पाइएको उल्लेख छ ।

दाबी गरिए अनुसार राजीव गान्धी १९६८ मा भारको सरकारी विमान सेवा इन्डियन एयरलाइन्समा पाइलटका रुपमा काम शुरु गरेका थिए । उनले त्यहाँ एक दशक काम गरेका थिए । तर अनुसन्धानमा लाडाकू विमानका पाइलट थिए भन्ने विषय गतल रहेको पाइएको छ । वरिष्ठ पत्रकार रशीद किन्दवईले बताएअनुसार गान्धीले एयर इन्डियाका यात्रु विमान उडाउथें । 

यस्तै भाइरल भएको सन्देशअनुसार भारत–पाकिस्तान युद्धका बेला आफ्नी पत्नी सोनिया गान्धी र छोराछोरी प्रियंका र राहुललाई लिएर इटाली गएको दाबी पनि झुट सावित भएको छ । १९७१ मा भारत र पाकिस्तानबीको युुद्ध भएको थियो । जबकी राहुल ६ महिनाका थिए र प्रियंकाको जन्म १९७२ मा भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्