२७ जेठ २०८३, बुधबार

विराटनगरका टोलमा प्रहरीको चिया गफ, जाँड-रक्सीदेखि घरेलु हिंसासम्म

फागुन २५, २०७५
विराटनगरका टोलमा प्रहरीको चिया गफ, जाँड-रक्सीदेखि घरेलु हिंसासम्म

विराटनगर–वडा प्रहरी कार्यालय विराटनगरले जनतासँग चिया कार्यक्रमको थालनी गरेको छ।  

समुदाय–साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले जनतासँग चिया खाने र  नागरिकको सुरक्षासँग जोडिएका विषयमा छलफल  उद्देश्य लिएकाे छ । यही क्रममा प्रहरी विभिन्न टोलमा पुग्ने गर्दछ ।

जसअनुसार प्रहरी टाेली शनिबार विराटनगर महानगरपालिकास्थित वडा नम्बर १० को ओम शान्ति टोलमा चिया खान पुग्यो ।

न्युरो अस्पताल पछाडि ओम शान्ती टोलमा  वडा प्रहरी कार्यालयका  डिएपी  नरेन्द्र कार्की सहितको टोली पुगेको थियो । उनी त्यहाँ पुग्नेबित्तिकै पुगे वडा अध्यक्ष माधवराज वाग्ले । 
जनप्रतिनिधिसँग जोडिएका समस्या वडा अध्यक्ष वाग्लेले जवाफ दिए भने सुरक्षा र त्यहाँ भएका बिकृतीको बारेमा डिएसपी कार्कीले जवाफ दिए ।  डिएसपी कार्कीलाई स्थानीयले गाउँमा जुवा, तास र रक्सीका कारण समस्या निम्तिएको बताए।

 गाउँमा हुने झै झगडा पनि त्यहीसँग सम्बन्धित रहेको सुनाए । गाउँमा घरेलु हिंसाको बारेमा देखिएका समस्याको बारेमा पनि स्थानीयले जानकारी गराएका थिए ।

 स्थानीयको समस्याको बारेमा जानकारी लिएका डिएसपी कार्कीले महिला घरेलु हिंसाको कानुनी उपचारको बारेमा जानकारी दिएका थिए ।

डिएसपी कार्कीले प्रहरी र नागरिकबीच यस्ता चिया कार्यक्रम अन्य टोल र बस्तीमा पनि नियमित गर्दै आएको बताए  ।

salt training

कमेन्ट गर्नुहोस्