
काठमाडौं–कोलम्बियाको भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको छ । विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
३० सिट क्षमताको विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको कोलम्बियाका अधिकारीले जनाएका छन् । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।