२२ असार २०८३, सोमबार

सीके राउतलाई स्वागत गर्न ‘फ्रि मधेश’ झण्डासहित विमानस्थलमा कार्यकर्ताको भीड [फोटोफिचर]

फागुन २६, २०७५
सीके राउतलाई स्वागत गर्न ‘फ्रि मधेश’ झण्डासहित विमानस्थलमा कार्यकर्ताको भीड [फोटोफिचर]

जनकपुरधाम – ‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतलाई स्वागत गर्न कार्यकर्ताहरू ‘फ्रि मधेश’ लेखिएको झण्डा बोकेर जनकपुर विमानस्थल पुगेका छन् ।

सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत आइतवार पहिलो पटक २ नम्बर प्रदेश जान लागेका छन् ।

राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गरेको भन्दै लामो समय प्रहरी हिरासतमा रहेका राउतलाई सर्वाेच्च अदालतले रिहा गरेलगत्तै सरकारसँग सहमति भएको थियो । सरकारी पक्षले राउतले ‘स्वतन्त्र मधेश’ मुद्दा छाडेको दाबी गरिरहेपनि सामाजिक सञ्जाल र कार्यकर्ता स्तरमा सीके राउतले स्वतन्त्र मधेशका गतिविधिलाई निरन्तरता दिएका छन् ।

जनकपुर विमानस्थलमा विभिन्न जिल्लाबाट आएका अनुमानित ४–५ सय जति कार्यकर्ता ‘फ्रि मधेश’ लेखिएको झण्डासहित भेला भएका छन् ।

सीके राउतको सुरक्षा दस्ता समेत स्वागतका लागि विमानस्थलमै पुगेको छ । ‘मास्क’ र लडाकुजस्तो पोशाकमा रहेका सुरक्षा दस्ताका कार्यकर्ता विमानस्थलमा तयारी अवस्थामा उभिएका छन् ।

सरकारसँग सहमति गरेपछि पनि सीके राउतका राष्ट्रिय अखण्डता विरोधी गतिविधिको चर्काे विरोध भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्