२४ असार २०८३, बुधबार

यौन दुर्व्यवहारमा दोषी जोसुकै भए पनि कारबाही : गृहमन्त्री

असार २२, २०८३
काठमाडौं
यौन दुर्व्यवहारमा दोषी जोसुकै भए पनि कारबाही : गृहमन्त्री
फाइल फोटो

गृहमन्त्री सुधन गुरुङले यौन दुर्व्यवहारसम्बन्धी भिडियोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न व्यक्तिलाई कारबाही गरिने बताएका छन् ।

ऋतु खनालको साहसको सम्मान गर्दै उनले कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गरेका छन्।

पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आफैंमा चिन्ताजनक भएको उनको भनाइ छ। 'कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन । पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैंमा चिन्ताको विषय हो,' उनले लेखेका छन् ।

दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले यौन हिंसाका पीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गरेका छन्।

उजुरी दर्तामा कुनै अवरोध भए सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई जानकारी गराउन पनि उनले अनुरोध गरेका छन्। 

 

salt training

कमेन्ट गर्नुहोस्