२३ जेठ २०८३, शनिबार

मोटरसाइकलमा सवार २० वर्षीय युवकमाथि सांघातिक आक्रमण, उपचारको क्रममा मृत्यु

फागुन २६, २०७५
मोटरसाइकलमा सवार २० वर्षीय युवकमाथि सांघातिक आक्रमण, उपचारको क्रममा मृत्यु

रुपन्देही – अज्ञात समूहको सांघातिक आक्रमणबाट रुपन्देहीको  देवदहमा एक युवकको मृत्यु भएको छ ।
आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० वर्षीय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ ।  आइतबार मोटरसाइकलमा सवार उनीमाथि देवदह भलुहीमा अज्ञात समूहले सांघातिक आक्रमण गरेको हो । 

देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । आक्रमण गर्ने समुह फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्