१० असार २०८३, बुधबार

चिसोले खसीमा निमोनिया, ३८ भेडाबाख्रा मरे

फागुन २७, २०७५
चिसोले खसीमा निमोनिया, ३८ भेडाबाख्रा मरे

हुम्ला– सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश कार्कीका ६ भेडाबाख्राको मृत्यु भएको हो । 

हिउँको समयमा गाउँभन्दा टाढा पालन गर्नका लागि विब्बुयाँमा लगातारको चिसो लागेर निमोनियाले भेडाबाख्रा दिनप्रति दिन मर्दै गएको पीडित चुमा महताराले बताउनुभयो । एकै पटक भेडाबाख्रा मर्दा समस्या भएको उहाँले बताउनुभयो । एउटाको करीब रु १५ देखि २० हजारसम्म मूल्य पर्ने गरेको छ । 

लामो समयको हिमपात रोकिएसँगै बढेको चिसोले गर्दा बाख्रा पालनमा समस्या भएको उहाँले बताउनुभयो । चरन क्षेत्रमा हिउँ भएका कारण गोठ नजिकै चराउन लैजाने ल्याउने गर्दा रातिको चिसोले गोठमा नै भेडाबाख्रा मरिरहेका  बताइएको छ । बाख्रापालक कार्कीकाअनुसार चिसोले खसीमा निमोनिया बढेको र चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिने जस्ता लक्षण देखिएका थिए ।

गोठभित्र धमाधम भेडाबाख्रा मर्न थालेपछि कृषकले स्थानीय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई जानकारी गराएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्