२६ जेठ २०८३, मंगलबार

यस्तो छ ७६ वर्षको उमेरमा पनि अमिताभ बच्चन फिट रहनुको राज

फागुन २७, २०७५
यस्तो छ ७६ वर्षको उमेरमा पनि अमिताभ बच्चन फिट रहनुको राज

एजेन्सी- 

तपाईंलाई लाग्न सक्छ कि ७६ वर्षको उमेरमा पनि अमिताभ कसरी यतिधेरै सक्रिय र फिट भए  ? यसाे  हुनुको कारण वर्कआउट र डाइटिङ नै हो । फिटनेस ट्रेनर तथा डाइटिसियन वृंदा मेहताले अमिताभलाई दैनिक वर्कआउट गराउँछन् । अमिताभ जब २५ वर्षका थिए, त्यसताका उनी दैनिक ८ देखि १० घण्टासम्म सुत्थे । तर अहिले ५ देखि ६ घण्टा मात्र सुत्छन् । 

उनले दिनको शुरूआत बिहान साढे ५ बजेदेखि हुन्छ । उनी बिहान मर्निङवाक र योगा गर्छन् । 

उनले शारीरिक अभ्यासमा कहिल्यै हेलचेक्र्याइँ गर्दैनन् । कहिलेकाहीँ बिहान वर्कआउट गर्न नपाउँदा त्यसको पूर्ति उनले बेलुका गर्ने गर्छन् । 

उनी सन्तुलित आहार खान्छन् । उनी भेजिटेरियन हुन् । 

उनले कुकिङ स्टाफलाई देशको अलग-अलग राज्यका परिकार बनाउन निर्देशन दिएका छन् । उनीहरूले त्यहीअनुरूप पकाउँछन् । 

अमिताभले चुरोट र मदिरा सेवन पनि छाडिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्